मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

सिद्धार्थ दुर्गा युवा क्लबद्वारा बालगृहमा सहयोग

Marchuwar Sandesh 1+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

भैरहवा । सिद्धार्थ दुर्गा युवा क्लबले भैरहवास्थित सिद्धार्थ बालगृहमा सहयोग गरेको छ । सामाजिक कार्यगर्ने प्रमुख उद्देश्यका साथ स्थापित क्लबले सामाजिक सेवाको कार्यलाई अगाडी बढाउँदै बालगृहमा विहानीको खानाखुवाउनुका साथै नगद रकम सहयोग प्रदान गरेको हो । 

क्लबका सदस्य र शुभेच्छुकहरुको अगुवाईमा सहयोग भएको कार्यक्रममा क्लबले बालगृहमा रहेका बालबालिकालाई शनिबार विहानीको खाना खुवाइएको थियो भने संकलित रकम सहयोग स्वरूप बालगृहकी संचालक कृष्णामाया गुरुङ्गलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा बोल्दै संचालक  गुरुङले संस्था संचालनको मुख्य चुनौती घरभाडा तिर्नु रहेको बताउँदै सरोकारवाला निकायलाई  सहयोग नगरेको गुनासो गरिन । 

आमा सामुदायिक सेवा समिति सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाकी अध्यक्ष इन्दिरादेवी क्षेत्रीले यस्तो कठिन परिस्थीतीमा समेत बालगृह संचालन गरिरहनु भएकोमा कृष्णामाया गुरुङ्गको प्रशंशा गर्दै बालगृहलाई आवश्यक जमिन उपलब्ध गराउन सरोकारवाला  निकायमा सबैले पहल गरिनु पर्ने बताइन ।

दुर्गामन्दिर तथा मौलो पूजा समिति, सि.न.पा.–२,३, मेउडीहवा, खजुरीयाका अध्यक्ष अमितआलेले युवाहरुको पहलमा बालगृहमा भएकोयो कार्यक्रम प्रशंशनीय रहेको र यस प्रकारको कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

क्लबका अध्यक्ष भीमबहादुर थापाले बालगृहमा दैनिक संचालन र व्यवस्थापनका लागि नगद रकम हस्तान्तरण गरि कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हाथहरुलाई धन्यवादव्यक्त गर्दै, कुनै पनि संस्था संचालन गर्नु कठिनहुने भएता पनि पूर्ण आत्मविश्वासका साथकार्य गरेमा अवश्य सफल हुने छ । र आगामी दिनहरुमा पनि यस्तेै  समाजप्रति रचनात्मक र विकासात्मक कार्यक्रम गर्ने लक्ष्य लिएको बताए। 

क्लबका सचिव  बिकाशबस्नेतको संचालन, सदस्य सुरेन्द्र गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका स्वंसेवक सदस्यहरुले स्वयं खानापकाउने, खुवाउने र व्यवस्थापनको कार्य गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै