मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

करिब ८ हजार मतान्तरले कन्हैया बनिया विजयी

Marchuwar Sandesh 1+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धीलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।

निर्वाचन अधिकृत टोप बहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका थिए। तीमध्ये फागुन २१ गते सम्पन्न मतदानमा ७७ हजार ३ सय ९३ जनाले मतदान गरेका थिए, जुन करिब ६६ प्रतिशतभन्दा बढी मतदान हो ।

यस क्षेत्रमा रहेका ४८ मतदान स्थलका १३३ मतदान केन्द्रबाट संकलित मतपेटिका कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित निर्वाचन कार्यालयमा ल्याई मतगणना गरिएको थियो। मतगणना बिहीबार राति १ बजेबाट सुरु भई शनिबार बिहान ५ बजेसम्म सम्पन्न भएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो।

प्रतिक्रिया

प्रमेन्द्र कुमार शुक्ल २२ फाल्गुन २०८२, शुक्रबार

हार्दिक बधाई

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार