मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा

Marchawarsandesh 17+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

भैरहवा / लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा प्रहरीले लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका अनुसार सोमबार राति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका अध्यक्ष लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का बासिन्दा अक्रम खान र लुम्बिनी सांस्कृतिक नगरपालिका–९, पिपराका वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिइएको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मन्त्रीको फोटो जलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार सोमबार साँझ ५ बजे पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन गरेको थियो । उक्त विरोध कार्यक्रममा पनि मन्त्री पौडेलको तस्बिर जलाइएको जानकारीका आधारमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

महाअभियानका सहसंयोजक राम विकास चौधरीले उपाध्यक्ष नियुक्तिको विरोध दबाउन पक्राउ सुरु गरिएको जनाउँदै अध्यक्ष खानलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार