मुख्य समाचार
रुपन्देहीको कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ | भैरहवा श्रीराम जानकी हनुमान मन्दिर परिसरमा भव्य रूपमा छठ पर्व मनाउने तयारी | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान |

रुपन्देहीको कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

Marchawarsandesh 19+ समाचार ( )
१८ कार्तिक २०८३, मङ्गलबार

मर्चवार सन्देश 

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा महिलाको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन् ।

गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा कोटहीमाई गाउँपालिका–५, छोटकी मझगाँवाको ४१ वर्षीया जोबेदा खातुन धोबीको शव बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत एंव प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार, महिलाको टाउकोमा कोदालोको बिँडले प्रहार गरेर घाँटीमा हँसियाले घोपेर हत्या गर्नुका साथै कानमा लगाएको सुनहरु लुटिएको थियो ।

घटनामा संग्लन आरोपमा पक्राउ परेका चारै जनाविरुद्ध ज्यानसम्बन्धी, करणीसम्बन्धी, चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार