मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लुम्बिनीमा ६औँ माघी महोत्सव मनाइदै

Marchuwar Sandesh 1+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

अन्जना चाैहान

लुम्बिनी । लुम्बिनी थारु आदिवासी युवा संघको आयोजनामा ६औँ लुम्बिनी माघी महोत्सव यही आउँदो माघ ३ गते शनिबार एक दिनका लागि भव्य रूपमा सञ्चालन हुने भएको छ। थारु समुदायको महान चाड माघी पर्व यस वर्ष थारु वर्ष २०४९औँ नयाँ वर्षको रूपमा मनाइने आयोजकले जनाएको छ।

बिहान ८ बजेदेखि सुरु हुने महोत्सवअन्तर्गत महिलवार गाउँदेखि लुम्बिनीको ५ नम्बर गेटसम्म थारु समुदायको मौलिक संस्कृति झल्काउने सांस्कृतिक झाँकीसहित नाचगान प्रस्तुत गरिने छ। झाँकी प्रदर्शनले थारु समुदायको परम्परा, भेषभूषा र सांस्कृतिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

महोत्सव स्थलमा थारु सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, जहाँ स्थानीय कलाकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थारु युवा कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिनेछन्।

लुम्बिनी आदिवासी थारु युवा संघका अध्यक्ष सुनिल थार चौधरीका अनुसार महोत्सवको मुख्य उद्देश्य थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु हो। उहाँले महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण समुदाय, स्थानीयवासी तथा विभिन्न ठाउँबाट आउने सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार