मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न

Marchuwar Sandesh 1+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

भैरहवा, ११ मंसिर । अरनिको बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा शनिबार भैरहवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षता, सहकारीकी शेयर सदस्य तथा ज्येष्ठ नागरिक लक्ष्मी देवी अर्यालको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, सहकारी बैंक भैरहवा शाखा प्रबन्धक प्रकाश पन्थीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि खनालले अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष बाबुराम भट्टराई, सहकारी विज्ञ एवं सल्लाहकार चन्द्रकान्त भट्टराई, सहकारीका कार्यसमिति सदस्य प्रकाश सिग्देल, शेयर सदस्य दीर्घराज काफ्ले, कृष्ण प्रसाद मरासिनी, टंक प्रसाद आचार्य, धना अधिकारी, उदयराम पौडेल लगायतले बोलेका थिए । त्यस्तै सहकारीकी शेयर सदस्य तथा सल्लाहकार सीता ढुंगाना काफ्लेले कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा सहकारीका लेखा सुपरीवेक्षण संयोजक राजेन्द्र आचार्यले लेखा प्रतिवेदन, अध्यक्ष मधुसुदन आचार्यले अध्यक्षको प्रतिवेदन तथा कार्यसमिति सदस्य मदन प्रसाद पौडेलले अध्ययन अवलोकन भ्रमण प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका उपाध्यक्ष राम प्रसाद श्रेष्ठको स्वागत तथा सचिव सीता भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहकारीमा महिला २०८, पुरुष १४५ र बाल सदस्य ५५ गरी ४०८ जना शेयर सदस्य रहेको संस्थाका कार्यसमिति सदस्य तथा २३ औं वार्षिक साधारण सभाका कार्यक्रम संयोजक मदन प्रसाद पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार