मुख्य समाचार
भैरहवा श्रीराम जानकी हनुमान मन्दिर परिसरमा भव्य रूपमा छठ पर्व मनाउने तयारी | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी |

भैरहवा श्रीराम जानकी हनुमान मन्दिर परिसरमा भव्य रूपमा छठ पर्व मनाउने तयारी

Marchawarsandesh 18+ समाचार ( )
१७ कार्तिक २०८३, सोमबार

मर्चवार सन्देश

रुपन्देही जिल्लाको भैरहवा सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ०४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा  आउँदै गरेको हिन्दू हरूको महान् छठ पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि तथा समाजका अगुवाहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

छलफल कार्यक्रममा छठ पर्वको तयारी, पूजा व्यवस्थापन, सरसफाइ, सजावट, सुरक्षा तथा सि.सि. टीवी कैमरा, प्रसाद वितरण हरूको सुविधालगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। 

साथै, छठ पर्वलाई धार्मिक आस्था, सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा भव्यताका साथ मनाउन सबैले आ–आफ्नो ठाउँ र क्षेत्रबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलका क्रममा श्री राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले छठ पर्वलाई सफल, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्पूर्ण धार्मिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासी हरूसंग सहयोगको अपेक्षा  गरे ।

उहाँले सबैको सामूहिक प्रयास, सहकार्य र सहभागिताबाट यस वर्षको छठ पर्वलाई अझ भव्य र स्मरणीय बनाउने विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार