मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

५६ औं वार्षिकोत्सवको उपलक्ष्यमा बुटवलमा प्रभातफेरी कार्यक्रम

Marchuwar Sandesh 1+ समाचार ( )
२ जेठ २०८१, बुधवार

भैरहवा, २ जेठ । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको उपलक्ष्यमा रुपन्देहीको बुटवलमा प्रभातफेरी कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले मंगलबार बिहान गरेको प्रभातफेरी राजमार्ग चौराहादेखि सुरु भएर पुष्पलाल पार्क पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्ण थापासहित विभिन्न जीवन तथा निर्जीव बीमा कम्पनीका कर्मचारी, सर्वेयरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै थापाले नेपाली बीमा बजार तीव्र गतिमा राम्रो दिशातर्फ अगाडि बढेको बताए । उनले भने, ‘यसले भविष्यमा नेपाली बीमा बजार अझ उत्कृष्ट बन्दै जानेछ भन्ने विश्वस्त छौं ।’

सहभागीहरुले प्रभातफेरीमा आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित कागजातहरु सुरक्षित राखौं, कागजात नभएमा बीमा दावी गर्न समस्या पर्नेबारे समयमै सचेत बनौं । आफ्नो सवारीसाधनको अनिवार्य बीमा गरौं, सम्भावित दुर्घटनाबाट हुने हानी नोक्सानीबाट बचौं । विपद् आउँदा हुँदैन क्षतिको सीमा त्यसैले गरौं आफ्नो जीवन र सम्पत्तिको बीमा, बीमालेख ध्यान दिएर पढ्ने बानी बसालौं, बीमाले दिने सुविधाहरुबारे जानकारी लिएर मात्र बीमा गरौं । बीमा गरौं, सुरक्षित बनौं । दुःखमा सबैले साथ छोड्छन्, दुःखमा साथ दिने भनेकै बीमा हो जस्ता बीमा सचेतना सम्बन्धी लेखिएका प्लेकार्ड लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार