मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

पुर्व सांसद यादवद्वारा किसानलाई कुदालो तथा नहर सफाइको लागि जेसीभी

Marchuwar Sandesh 1+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

मर्चवार । मर्चवार लिफ्ट सिँचाईको ३१औँ वार्षिक साधारण सभाको अवसरमा रुपन्देही क्षेत्र नं. ४ का पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरू प्रति आफ्नो आत्मीयता र प्रतिबद्धता झल्किनेगरी कुदालो वितरण गरेका छन् । सभाका प्रमुख अतिथि समेत रहेका यादवले आफ्नो व्यक्तिगत लगानीबाट मर्चवार लिफ्ट सिँचाईमा पर्ने १ सय ३१ ब्लकका अध्यक्षहरूलाई सिँचाइ सुधारको उद्देश्यसहित कुदालो वितरण गर्दै किसानमैत्री अभियानलाई अघि बढाएको बताए ।

यसै कार्यक्रमको अवसरमा उनले नहर सफाइलाई प्रभावकारी बनाउन “इन्धन खर्च आयोजनाले मात्र बेहोर्ने गरी” व्यक्तिगत जेसीभी सहयोग गर्ने प्रतिवद्धता जनाउँदै किसानहरूको मेहनतलाई सहज बनाउन आफू सदैव तयार रहेको उल्लेख गरे । कुदालो वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने ‘जीर्ण तथा फोहोर बनेका नहरहरू सफाइ गर्न म आफ्नो व्यक्तिगत जेसीभी निःशुल्क उपलब्ध गराउँछु । समितिले इन्धन खर्च बेहोरेर सफाइको काम सहजै अगाडि बढाउन सक्छ ।’

उनका अनुसार, मुख्य नहरबाट विभिन्न ब्लकमा जाने कुलो–नालाहरू सफा गर्ने तथा टुटफुट मर्मतका लागि पनि ब्लक अध्यक्षहरूलाई कुदालो हस्तान्तरण गरिएको हो ।

यसैगरी, मर्चवार लिफ्ट सिँचाई आयोजनाले तयार गरेको नयाँ डिपिआर अनुसार संरचना निर्माणका लागि आवश्यक समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै यादवले आगामी दिनमा पनि किसान तथा सिँचाई सुधारमा साथ–सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Rabendra Yadav २९ कार्तिक २०८२, शुक्रबार

Great work

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै