मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लायन्स भैरहवा लिगेसीद्वारा सम्मान तथा तीज मिलन

Marchuwar Sandesh 1+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

मर्चवार १८ । लायन्स क्लब अफ भैरहवा लिगेसीले सम्मान तथा तीज मिलन कार्यक्रम गरेको छ । क्लबले सिद्धार्थनगर क्षेत्रमा रहेका सरकारी कार्यालय, अस्पताल र सामूदायिक विद्यालयमा सेवारत कार्यालय सहयोगी र सरसफाई कर्मचारीहरुका लागि सम्मान तथा तीज मिलन कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष नारायण प्रसाद कोइरालाले बताए ।

उनले क्लबले आफ्नो स्थापना दिवस फरक ढंगले मनाउने प्रयास अनुसार हरितालिका तीजको अवसरमा यो कार्यक्रम गर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले दिदीबहिनीहरुको हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्ने जमर्को गरेको बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले मानिसले मानिसलाई सेवा गर्नुपर्छ भन्ने लायन्सको पवित्र उद्देश्य भएको बताए । उनले भने, ‘लायन्सले के भन्छ भने तपाई सम्मानित हुन चाहनुहुन्छ भने अरुलाई सम्मान गर्नुहोस् । लायन्स क्लब अफ भैरहवा लिगेसीले स्थापनाकालदेखि नै उत्कृष्ट कार्य गर्दै आएको उनले बताए । डिष्ट्रिक गभर्नर प्रधानाङ्गले भने, ‘यो क्लबले अझ राम्रो काम गरोस् ।’

त्यस्तै एरिया चिफ कोर्डिनेटर अभिनव मयूर कसौधनले लायन्स भैरहवा लिगेसीले स्थापनाकालदेखि नै नौलो कार्यक्रम गर्दै आएको बताए । उनले क्लबले मेला–महोत्सवको आयोजना समेत गरिसकेको स्मरण गरे ।

लायन्स भैरहवा लिगेसी वर्ष २०२४/०२५ का अध्यक्ष राजन शुक्लाले भने, यो कार्यक्रमको आयोजना गर्ने प्रेरणा दिने क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायलाई धन्यवाद दिन चाहन्छु । उनले सरकारी कार्यालय, अस्पताल र सामूदायिक विद्यालयमा सेवारत कार्यालय सहयोगी र सरसफाई कर्मचारीहरुलाई सम्मान गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले मानव भएपछि मानवतालाई बचाइराख्नुपर्नेमा जोड दिए ।

भीम अस्पतालमा कार्यरत दुर्गा पन्थीले कार्यव्यस्तताले माइत जान नपाएको अवस्थामा कार्यक्रममा सहभागी गराएको भन्दै लायन्स क्लब अफ भैरहवा लिगेसीप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘यो कार्यक्रममा सहभागी भएर विभिन्न कुराहरु सिक्ने अवसर पाएँ ।’

लायन्स भैरहवा लिगेसीका सचिव गोविन्द उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार