मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारी गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्लामै उत्कृष्ट

Marchuwar Sandesh 1+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

मर्चवार ३१ भदौ । स्वाथ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वाथ्य का सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदन बाट मर्चवारी गाउँपालिका जिल्लामा प्रथम भएको हो ।

यस्तै सम्मरीगाउँपालिका द्धितीय र देवदह नगरपालिका तृतीय भएको स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले जानकारी दिए । स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०÷०८१ मा सम्पादित कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मुल्यांकनबाट उत्कृष्ट घोषणा गरिएको हो ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले स्वाथ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको विषय भएको कारण स्वाथ्य का सबै सूचक पुरा गर्नको लागि सबै निकाय जिम्मेबार पूर्ण भएर लाग्नुपर्ने बताएका थिए । उनले उत्कृष्ट पालिकालाई बधाई ज्ञापन गर्दै अन्य जिल्लाका पालिका हरुले पनि सबै स्वाथ्य सूचक पुरा गरी सधै, सबै उत्कृष्ट पालिका हुनुपर्ने बताए ।

स्वाथ्य निर्देशनालय राप्ती उपत्यका दाङका प्रमुख डा. विनोद कुमार गिरीले पालिका स्तरबाट नमुना काम भएको बताउँदै पालिका–पालिकाका असमानता पत्ता लगाउने, हटाउने भन्दा पनि कभरेज रेट बढाउन आवश्यक रहेको बताएका थिए । उनले सबै पालिका हरुले तोकिएको कभरेज दर लाई पुरा गर्नको लागि कुनै पनि कसर बाँकी राख्न नहुने बताएका थिए ।

कार्यशाला समापन कार्यक्रममा बोल्दै स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले सबैको साथ र सहयोगबाट नै स्वाथ्य क्षेत्रका हरेक सूचकांक पुरा गर्न सकिने बताएका थिए । उनले यसमा प्रदेश सरकार, स्वाथ्य कार्यालय जहिले पनि तयार रहेको भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

सहभागीको तर्फबाट बुटवल उपमहानगरपालिका स्वाथ्य शाखा प्रमुख युवराज पाण्डे ले भनाई राखेका थिए । कार्यक्रममा स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले धन्यवाद दिएका थिए भने कार्यक्रमको सञ्चालक कार्यालयका ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेयले गरेका थिए ।

सोही कार्याशालामा निजामतीमा दिवसको दिन पुरस्कृत गरिने उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयका स्वाथ्य निरिक्षक सुरेन्द्र प्रसाद दुवेदीलाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार