मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भुकम्पपीडितलाई सहयोग गर्नमा जुटे सम्मरीमाईका कर्मचारी तथा जनप्रतिनिधि

Marchuwar Sandesh 1+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

मर्चवार न्युज

भैरहवा, २० कार्तिक/रुपन्देहीको  सम्मरीमाई गाउँपालिकाको कार्यालयले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पपीडितहरुको राहत तथा पुर्नस्थापन लगायत कार्यका लागि ५ लाख बराबरको सामाग्री सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए ।

कार्तिक १७ गते शुक्रबार राती ११ ४७ बजेको समयमा गएको भुकम्पले बढी क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितहरुका लागि विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार ५ लाख रुपैयाँको सहयोग सामग्री प्रदान निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरीले जानकारी दिए ।

त्यस्तै बैठकले गाउँपालिकाका जनप्रतिनिधिले १० दिनको सुविधा र कार्यालयमा कार्यरत कर्मचारीहरुले १ दिन बराबरको पारिश्रमिक जिल्लाको विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्डअनुसार उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । भुकम्पले मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै