मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

स्वास्थ्य र गर्मीलाई लक्षित गरी पानी र भेली वितरण

Marchuwar Sandesh 1+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

भैरहवा, २७ वैशाख । राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले पानी र भेली वितरण गरेको छ । संघको ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि पानी र भेली वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्यले बताए । उनले गर्मी मौसमलाई सर्वसाधारणलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । ‘मेरो कार्यकालमा यसअघि विभिन्न कार्यक्रम भइसकेका छन् । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा पनि विभिन्न रचनात्मक कार्य भएका छन् । आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जानेछौं, ’आचार्यले भने । राष्ट्रिय युवा संघले सधै जनताको हितमा काम गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य श्रद्धा कुवरले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘धेरै सेवाग्राही आउने प्रशासन कार्यालय अगाडि पानी र भेली वितरण राम्रो कार्य हो । युवालाई समेट्ने कार्यक्रमहरु गर्दै जानुपर्छ । राष्ट्रिय युवा संघ सिद्धार्थनगरको राम्रो टीम छ । निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीको कार्यकालमा राम्रा कार्यहरु भएका छन् । ’

नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले राष्ट्रिय युवा संघ सिद्धार्थनगरले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले भने, ‘सामाजिक प्राणी भइसकेपछि जनतालाई परेका समस्या समाधान गर्न लाग्नुपर्छ ।’

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यको अध्यक्षता, उपाध्यक्ष मनिषराज पाण्डेको स्वागत तथा सचिव अमित पौडेलको सञ्चालनमा भएको कार्यक्रममा एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, राष्ट्रिय युवा संघका संघका केन्द्रीय सदस्य शशिकान्त उपाध्याय, संघका लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरी, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत, कोषाध्यक्ष नारायण थापा, जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज बिशाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य सम्झना के.सी, नगर उपसचिव विक्रम यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार