मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रुपन्देहीमा उत्कृष्ट प्रहरी सम्मानित

Marchuwar Sandesh 1+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

मर्चवार न्यूज

मर्चवार, ३० असोज/ जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको छ । साथै ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित भलिबल खेलमा सहभागी भई विजयी भएका प्रहरी कर्मचारी र निबन्ध लेखनमा उत्कृष्ट भएका विभिन्न विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पुरस्कार वितरण, सम्मान तथा वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी उपरीक्षक भरत बहादुर वि.क.ले पुरस्कार वितरण गरेका हुन् ।

उत्कृष्ट प्रहरी कर्मचारीतर्फ नगदसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक किशोर केसी, प्रहरी सहायक निरीक्षक मीना कुमारी आचार्य, प्रहरी वरिष्ठ हवल्दार कृष्णबहादुर भण्डारी, प्रहरी सहायक हवल्दारहरु मनोज खड्का र सरिता परियार रहेका छन् ।

त्यस्तै प्रहरी जवान सन्तकुमार राना र यमबहादुर गाहा पनि नगदसहित सम्मानित भएका छन् । त्यस्तै प्रहरी सिनियर अधिकृत, जुनियर अधिकृत तथा हवल्दार र जवानहरुबीच भएको भलिबल प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रहरी सहायक हवल्दारहरुको टीम विजेता बनेको थियो भने जुनियर प्रहरी अधिकृतहरुको टिम उपविजेता भएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयको आयोजनामा ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ शीर्षकमा विद्यालयस्तरी निबन्ध प्रतियोगितामा उत्कृष्ट भएकालाई नगदसहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पश्चिमाञ्चल इङलिस स्कूलकी निर्जरा पोखरेल प्रथम, जेसीज आवनसीय माध्यमिक विद्यालयका संस्कार श्रेष्ठ द्वितीय र बेलहिया माध्यमिक विद्यालयका रामबहादुर सुनारी तृतीय भएका थिए ।

त्यसै गरी प्रहरी दिवसका अवसरमा आयोजित सिनियर प्रहरी अधिकृत र लुम्बिनी प्रेस क्लब रुपन्देहीमा आबद्ध पत्रकारहरुबीच भएको मैत्रीपूर्ण भबिलमा खेलमा विजयी प्रेस क्लबमा आबद्ध पत्रकारहरुलाई पनि सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा भएको प्रतियोगितामा प्रेस क्लबको टीमले प्रहरी अधिकृतहरुको टीमलाई २–१ सेटमा पराजित गरेको थियो ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विकले एकाअर्काबीच भातृत्व र भाइचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको जनाए । उनले यस्ता प्रतियोगितालाई आउँदा प्रहरी दिवसमा पनि निरन्तरता दिँदै लैजाने बताए । समाजमा शान्ति सुरक्षा कायम गराउन प्रहरीले रातदिन खटेर कार्यसम्पादन गरिरहेको उनको भनाइ छ । उनले सयौं वर्षसम्म प्रहरी दिवस मनाइरहन पाइने जनाउँदै कर्तव्य पालनाका क्रममा सधैं नागरिकलाई माथि राखेर काम गर्दै आएको जनाए ।

प्रहरी निरीक्षक कौशल न्यौपानेले आन्तरिक रुपमा हुने प्रतियोगिताहरुले प्रहरीहरुमा भएको क्षमताको प्रस्फुटन हुनुका साथै आत्मीयता बढ्दै जाने जनाए ।

कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सल्लाहकार कुलमणि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्ट, विभिन्न विद्यालयका शिक्षक, प्रहरी अधिकृत तथा कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार