मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रोहिणीमा १५ शैयाको अस्पतालकाे शिलन्यास

Marchuwar Sandesh 1+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

भैरहवा, २२ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । रोहिणी–३ स्थित लक्ष्मीनगरमा निर्माण हुने अस्पतालको शनिबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका छन् । 

गाउँपालिकामा सुविधासम्पन्न अस्पताल बन्ने अध्यक्ष गाउँपालिका यादवले बताए । ‘अस्पताल निर्माण भएपछि रोहिणीसँगै ओमसतिया गाउँपालिका र पश्चिम नवलपरासी जिल्लाका बिरामीको उपचार गर्न सहज हुनेछ, १ विगाह ११ कठ्ठा क्षेत्रफल जग्गा अस्पतालका लागि पनि प्रयाप्त छ । निर्माणाधिन गाउँपालिका भवन नजिकै अस्पताल पनि बन्नेछ,’उनले भने । अस्पतालका लागि जग्गादान गर्ने जग्गादाताहरुलाई अध्यक्ष यादवले धन्यवाद दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उनले अस्पताल निर्माण भइसकेपछि सामान्य उपचारका लागि पनि रोहिणी गाउँपालिका बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन, प्रवक्ता एवं रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडाअध्यक्षहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

११ करोड २३ लाख ४२ हजार १ सय ६८ रुपैयाँमा अस्पताल भवन निर्माण गर्ने गरी आकृति एभरेष्ट गंगोत्री देवी जे.भी., बुटवल–८ र रोहिणी गाउँपालिकाबीच सम्झौता भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीले बताए । सम्झौता अनुसार निर्माण कम्पनीले २०८३ कार्तिक २२ गतेसम्म अस्पताल भवन निर्माण गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै