मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

जेठमै चुनाव गर्दा पनि हामीलाई आपत्ति छैनः जसपा वरिष्ठनेता :अशोक राई

Marchuwar Sandesh 1+ समाचार ( )
मगरात खबर
१७ माघ २०७८, सोमबार

 माघ १७ धरान ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले आगामी जेठमै स्थानीय चुनाव गर्दा पनि आफूहरुका लागि कुनै आपत्ति नहुने बताएका छन् ।

सोमबार ,प्रदेश नं १ को धरानस्थित पत्रकार महासंघको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै नेता राईले सो कुरा बताएका हुन् ।

उनले हाल स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुअघि कि सकिएपछि चुनाव गर्ने रु भन्ने विवाद सिर्जना भएकोले पहिले यो विवाद निरुपण गर्नुपर्ने बताए ।

‘सबभन्दा पहिलो कुरो संविधान र ऐन बाझियो भन्ने कुरो आएपछि यो विवादको निरुपण हुनुपर्छ,’ उनले भने, ‘संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने भन्ने छ र ऐनमा कार्यकाल सकिनुभन्दा अगाडि नै गराउनुपर्ने भन्ने छ ।

सामान्यतः संविधानसँग बाझिएको कानुन निष्कृय हुने प्रचलन हो । हामीलाई जेठमै चुनाव भयो भने पनि केही आपत्ति छैन । तर ऐन र संविधान बाझिनुभएन, यसलाई एकरुपता दिएर अघि जानुपर्छ ।’

सञ्चारमाध्यममा आएको जसपाभित्रको विवादबारे सोधिएको प्रश्नमा उनले लोकतान्त्रिक पार्टीभित्र मत मतान्तर हुनुले ठूलो अर्थ नराख्ने बताए ।

एमसीसीका कारण विवाद भएको हो कि ? भन्ने प्रश्नमा उनले हालसम्म पार्टीभित्र यसबारे छलफल नै नभएको र यसबारे व्यक्तिगत रुपमा नेताहरुको मत फरक फरक हुन सक्ने बताए ।

उनले आफू भने एमसीसीका केही घातक सर्तहरु परिमार्जन गरी एमसीसी स्वीकार गर्न सकिने पक्षमा रहेको बताए ।

सो क्रममा उनले प्रदेश नं १ को नाम किरात लिम्बुवान वा लिम्बुवान किरात राख्नुपर्ने बताए ।

उनले अहिलेको प्रदेशको संरचनामै आफूहरुको असहमति रहेको भन्दै डा. मदन परियार नेतृत्वको आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशको संरचना बनाउनुपर्नेमा जोड दिए ।
                 @दैनिक न्यूज नेपाल बाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार