मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

पूर्व विद्यार्थीले बनाए विद्यालय जाने पुल

Marchuwar Sandesh 1+ समाचार ( )
२१ भाद्र २०८१, शुक्रबार

मर्चवार, २१ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा अज्ञात समूहले भत्काएको विद्यालय पुग्ने अस्थायी पुल सोही विद्यालयका पूर्व विद्यार्थीहरुले निर्माण गरेका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा पुग्ने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काएको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए । 

पुल भत्किएपछि विद्यार्थीहरुले खेप्नुपरेको सास्तीबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले संयुक्त लगानीमा अस्थायी काठको पुल निर्माण गरेको प्रधानाध्यापक यादवले बताए । उनले भने, ‘पुल निर्माण गर्ने विद्यार्थीहरुको नाम खुल्न सकेको छैन । नाम जानकारी पाएपछि उहाँहरुलाई सम्मान गर्नेछु ।’ पुल भत्काउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय मझगाँवामा उजुरी दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

पुल निर्माणपछि विद्यालय पुग्न सहज भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी गुलाब खटिकले बताए । उनले भने, ‘काठको अस्थायी पुल भए पनि विद्यालय पुग्न खासै समस्या छैन । पहिला विद्यालय आउने समय र छुट्टीको समय निकै भीड हुने गर्दथ्यो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार