मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रमजानको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

Marchuwar Sandesh 1+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । मुस्लिम समुदायको पवित्र पर्व रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूके को सहयोगमा बिहीबार कोटहीमाई–५ बेनीनगरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पुण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरूको साथमा विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु समुदायका परिवारहरूलाई वितरण गरिएको हो। यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो। उहाँले यस्तो सहयोगी कार्यले समाजमा मानवता, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “मुस्लिम समुदायका लागि पवित्र मानिने रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु निकै सकारात्मक र प्रेरणादायी कार्य हो। यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने काम गर्छ।”

अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरू सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताउनुभयो।

कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी तथा सहयोगीहरूको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनहरूमा पनि विपन्न तथा आवश्यकतामा रहेका परिवारहरूको सहयोगका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार