मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भैरहवामा

Marchuwar Sandesh 1+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा), नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ । २०८१ चैत २३ र २४ गते महाधिवेशन हुने प्रथम राष्ट्रिय महाधिवेशन आयोजक समितिले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक रमेश यादवले जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा महाधिवेशन हुने बताए । उनका अनुसार महाधिवेशनमा देशभरीबाट ७ सय प्रतिनिधि र १ सय जना प्रयवेक्षक, सयौं स्वयंसेवकको उपस्थिति हुनेछ । 

चैत २३ गते शनिबार दिउँसो १ बजे भैरहवास्थित पटवा बैंक्वेटमा हुने महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा लगायतका नेताहरुको उपस्थिति रहने संयोजक यादवले जानकारी दिए । ‘उद्घाटन सत्रमा हजारौंको उपस्थिति रहनेछ, ’उनले भने । मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनले बताए ।

नेपालको शिक्षा प्रणालीलाई मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशनसँग जोड्न संघीय समाजवादी शिक्षा प्रणालीलाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा आधारित राज्य संरचना र गणतन्त्र एवं धर्मनिरपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दाको रुपमा अगाडि सारेको महाधिवेशन आयोजक समितिका सह–संयोजक एवं विद्यार्थी युनियनका उपाध्यक्ष संजय राईले बताए । गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा) मा राष्ट्रिय महाधिवेशन आयोजना गर्न पाउँदा खुसी लागेको राईले बताए ।

जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव (बिक्की)ले राजनीति भन्दा बाहिर समाज जान नसक्ने भएकाले विद्यार्थी राजनीतिको महत्व बढ्दै गएको बताए । 

‘शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार’ भन्ने मूल नाराका साथ प्रथम महाधिवेशन हुन गइरहेको समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले बताए ।

पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा वि.क., रीता यादव, लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार