मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

जनमत पार्टी लुम्बिनी प्रदेशले संगठन विस्तारलाई तीव्रता दिने

Marchuwar Sandesh 1+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

भैरहवा । जनमत पार्टी लुम्बिनी प्रदेशले संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ । प्रत्येक जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय पालिकादेखि वडासम्मै पार्टी विस्तारलाई सक्रियताका साथ अगाडी बढाउने निर्णय गरिएको छ । आइतबार रुपन्देहीको भैरहवामा बसेको लुम्बिनी प्रदेश समितिको बैठकले पार्टी प्रवेश कार्यक्रमलाई समेत अभियानकै रुपमा अगाडि बढाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश समितिका अध्यक्ष राजेन्द्र गुप्ताको अध्यक्षता तथा पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के.राउतको प्रमुख आतिथ्यता, राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव र बालगोविन्द चौधरीको विशेष उपस्थितिमा बसेको बैठकले जनमतको संगठन सुधार तथा विस्तारलाई महत्वका साथ अगाडी बढाउने निर्णय गरेको हो ।

प्रदेश अध्यक्ष गुप्ताका अनुसार लुम्बिनी प्रदेश समितिको बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । पार्टीको रणनीतिक विषयसँगै समाज सुधारका आधारभूत विषयहरुलाई अभियानकै रुपमा अगाडि बढाउने निर्णय गरिएको गुप्ताले जानकारी दिए । त्यस्तै भैरहवामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका लागि जनमत पार्टी लुम्बिनी प्रदेशले चासो व्यक्त गरेको छ । पार्टीले विमानस्थल नियमित सञ्चालनका गर्न माग गर्ने निर्णय गरेको छ । 

संघीयतालाई संस्थागत गर्ने र प्रदेश सरकारलाई मजबुत बनाउन जिल्ला संरचना खारेज गर्नुपर्ने, संघ सरकार मातहतको सिडियो र एसपी हटाउनुपर्ने, प्रहरी प्रदेश सरकार मातहत राख्नुपर्ने , प्रदेश सचिवहरुलाई संघबाट पठाउने व्यवस्था खारेज गर्नुपर्नेसहितका माग जोडदार तरिकाले उठाउने निर्णय भएको जनमत पार्टी लुम्बिनी प्रदेश प्रवक्ता सुमन शर्मा रायमाँझीले जानकारी दिइन् ।

लुम्बिनी प्रदेश सरकारको बजेटलाई समानुपातिक हिसावले वितरणका गर्न माग गर्ने, महिलाहरुलाई लक्षित गरी विभिन्न रोजगारका कार्यक्रमहरु ल्याउन प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता रायमाझीले बताइन् ।

जनमत पार्टी लुम्बिनी प्रदेशको प्रत्येक महिना नियमित रुपमा बैठक बस्ने र जनताका समस्याहरुका बारेमा छलफल गर्ने, आवश्यक परे सम्बन्धित निकायमा आवाज उठाउने तथा समस्याको समाधानका लागि सक्रियताका साथ लाग्ने प्रदेश समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार