मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

एनआईसी एशिया मर्चवार शाखाबाट पैसा निकाल्न टर्च लाईटको सहारा

Marchuwar Sandesh 1+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

मर्चवार । रूपन्देहीको मर्चवारमा रहेको एनआईसी एशिया बैंक मझगावा शाखामा ग्राहकहरुले एटिएम मेशीनबाट रकम निकाल्न टर्चको सहारा लिनु परिरहेको छ । “बैंक पनि साथी पनि” को नारा बोकेको एनआईसी एशिया बैंकले मर्चवारमा पटक पटक लापारवाही गर्दै आएको जनगुनासो आउने गरेको छ । सोही लापारवाहीको एउटा नमूना बिहिबार राती देखियो । 

बैंकको मझगावामा रहेको शाखामा ग्राहकहरु रकम निकाल्न जादा त्यहा पुरै अन्धकार थियो । बैंकको मूख्य बोर्ड नै निभेको थियो । एटिएम मेशीन राखेको कोठा पनि पुरै अध्याँरो थियो । एटिएमको मोनिटर मात्रै उज्यालो देखिएको थियो भने पिनकोड थिच्ने किबोर्ड, साईड बटमहरु केही देखिएको थिएन । यस्तो अवश्थामा मोबाईलको टर्च बालेर पैसा निकाल्ने गरेको एक ग्राहकले बताए । “यो एक पटकको कुरा हैन, बैंकमा पटक पटक यस्तो हुदै आएको छ ।” नाम उल्लेख नगर्ने शर्तमा उनले भने “बैंकलाई यो विषयमा गुनासो ग¥यो त्यसको कुनै सुनुवाई नै हुदैन ।”

उनले २४ सै घण्टा खोल्नुपर्ने एटिएम मेशीन ८–९ बजे राती नै बन्द हुने गरेको बताए । यसले पनि मर्चवारका बासिन्दालाई सास्ती भोग्नु परेको उनले बताए । “यो सानो गल्ती हैन, बैंक परिसर र एटिएम मेशीन पुरै अध्यारो छ ।” उनले भने “भोली चोरी अथवा अन्य कुनै घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ?”

एनआईसी एशिया बैंकका मझगावा शाखाका व्यवस्थापक गणेश अधिकारीले भने यो कुनै ठूलो घटना नभएको बताए । उनले यो मर्चवारको सामन्य समस्याको रुपमा रहेको दावी गरे । “यो ठूलो ईस्यु नै हैन, बल्ब फ्युज भएको हुन सक्छ हामीले त्यसलाई समाधान गछौं ।” अधिकारीले भने “मर्चवारमा बिद्युतको अवश्थाबारे सबैलाई थाहा नै छ ।”

अधिकारीले सुरक्षाका कारण एटिएम मेशीन २४ सै घण्टा सञ्चालनमा ल्याउन नसकेको बताउदै एक निश्चित समयमा यसलाई बन्द गर्नुपर्ने बाध्यता रहेको जनाए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै