मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

उपेन्द्र यादवले जनमत र जनाधार भएका नेतालाई अपमान गर्नुभयो : इश्तियाक राई

Marchuwar Sandesh 1+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

भैरहवा, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इश्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत र जनाधार भएका नेतालाई अपमान गरेको आरोप लगाएका छन् । उनले अहिले जसपा नेपालमा २०६२ सालदेखि नेतृत्व गरेका केन्द्रीय नेताहरुमध्ये उपेन्द्र यादव एक्लै भएको दावी गरे ।

जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै महासचिव राईले यस्तो बताएका हुन् । उनले भने, ‘उपेन्द्रजीले व्यक्तिगत स्वार्थ, सत्ता र पद लोलुप्ताले जनमत भएका, जनाधार भएका र मधेश आन्दोलनमा योगदान गरेका नेतालाई सम्मान नगरेर अपमान गर्नुभयो । उहाँको एकलौटी निर्णय र एकदमै हैकमवादी चरित्र छ । नेताहरुलाई लखेट्नुभयो । अहिले उहाँ एक्लै बस्नुभएको छ ।’

उनले पद र शक्तिका लागि उपेन्द्र यादवले रामसहाय प्रसाद यादवलाई सांसद्बाट राजीनामा गराएर उपराष्ट्रपति बनाएको आरोप लगाए । उनले भने, ‘उपेन्द्रजी सप्तरीबाट निर्वाचनमा पराजित भइसकेपछि पाँच वर्ष पर्खन सक्नुभएन । उहाँले मधेशी, जनजाति र देशभरीका उत्पीडित समुदायका मुद्दा बेचिसक्नुभएको छ । ’

उनले मधेशसँगै देशका सम्पूर्ण उत्पीडित समुदाय र वर्गको मुक्ति, समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेण्टी र राज्यका सम्पूर्ण अंगमा सहभागीताको लक्ष्यका साथ अघि बढेको दावी गरे । पूर्वमन्त्री समेत रहेका राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तीमा अगाडि बढ्न आग्रह गरे । उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पार्टी विभाजन गर्नु दुःखद कुरा हो, भारी मनले पार्टी विभाजन गर्नुपर्यो । ’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले उपेन्द्र यादवकै कारण पार्टी विभाजन भएको दावी गरे । उनले ५४ सिट प्राप्त गरेको पार्टी अहिले ५ सिटमा सीमित भएको बताए ।

जसपाका केन्द्रीय सदस्य मनिकर कार्कीले जसपा वर्तमानको आवश्यकताले बनेको पार्टी भएको दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नविन सुनुवार, केन्द्रीय सदस्य अलाउद्दीन मुसलमान, पूर्वमन्त्री भण्डारीलाल यादव, युवा नेता अकरम खाँ, जयप्रकाश यादव, रामकेश धवल, जसपा कपिलवस्तुका सचिव उदयभान यादव, योगेन्द्र चौधरी, असलम खान, मोहम्मद अली लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा शिवदास यादवको अध्यक्षतामा जसपा रुपन्देही जिल्ला कार्यसमिति गठन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार