मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

निर्वाचनमा गठबन्धनका कारण महिला सहभागीता घट्यो : पूर्वराष्ट्रपति भण्डारी

Marchuwar Sandesh 1+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

भैरहवा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच भएको गठबन्धनका कारण कतिपय अवस्थामा महिला सहभागीताको अनुपात घटेको बताएकी छन् । उनले संवैधानिक प्रावधानविपरीत महिला सहभागीताको अनुपात घटेको देखिएको बताइन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘अब आगामी निर्वाचनमा राजनीतिक दलहरुले यस विषयमा विशेष ध्यान जरुरी छ,’उनले भनिन्–‘प्राप्त उपलब्धीको रक्षा गर्दै संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्यवन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनुपर्छ ।’ 

समाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रुपमा पछाडी परेको अवस्था भएको उनको भनाइ छ । ‘बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिलाविरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान देखिन्छ,’पूर्वराष्ट्रपति भण्डारीले भनिन्–‘समाजमा सिर्जना गरिएका विभेद हटाइ न्यायपूर्ण एवं समतामूलक निर्माणका लागि महिला र पुरुष दुवैको समान सहभागीता आवश्यक छ ।’ 

महिला सशक्तिकरण र लैंगिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्वकै लागि प्रेरणादायी भएको उनले बताइन् । अहिलेको संविधानले महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको समग्र विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् । 

संविधानले विद्यालय क्षेत्रलाई स्थानीय तहमा अधिकार दिएकोले समग्र विकासको चाहना राख्नेहरुले शिक्षा क्षेत्रको विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेकोमा उनले जोड दिइन् । उनले सामूदायिक विद्यालयमा दीवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिइन् । उनले महिला सांसदप्रति विभेद हुनु दुःखद भएको भन्दै यसबारे गहन छलफल हुन आवश्यक रहेको उनको भनाइ छ । ‘विभेदलाई हटाउन र अधिकालाई सुनिश्चित गर्न महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ, ’उनले भनिन् । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, प्रदेश सभा सदस्य जमुना ढकाल, हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै