मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नवलपरासीमा

Marchuwar Sandesh 1+ समाचार ( )
१४ कार्तिक २०८०, मङ्गलबार

मर्चवार न्यूज

भैरहवा, १४ कार्तिक/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन पश्चिम नवलपरासीको सुनवलमा हुने भएको छ । आगामी कार्तिक १८ र १९ गते सुनवलमा प्रथम प्रदेश अधिवेशन गर्न लागिएको युवा संघले मंगलबार परासीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

सुनवल नगरपालिका–२ बत्रौलीस्थित रि–वर्न होटलमा आयोजना हुने पहिलो प्रदेश अधिवेशनको लागि तयारी तीव्र रुपमा भइरहेको राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश आयोजक कमिटीका संयोजक प्रितम पौडेलले जानकारी दिए । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ३२४ जना प्रतिनिधि सहभागी हुनेछन् । बुधबार (भोली) सम्ममा सबै जिल्लामा प्रतिनिधि छनौट भइसक्ने संयोजक पौडेलले बताए । 

अधिवेशनले ६ जना पदाधिकारीसहित ८७ सदस्यीय प्रदेश कमिटी चयन गर्ने युवा संघले जनाएको छ । अधिवेशनबाट प्रदेश अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सह–सचिव २ र कोषाध्यक्षसहितको कमिटी चयन गर्ने संयोजक पौडेलले बताए । 

कार्तिक १८ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, महासचिव सुमन पुरी लगायतका पदाधिकारी आउने तय भएको छ भने प्रमुख अतिथि केही दिनमै टुंगो लाग्ने युवा संघले जनाएको छ । 

नवलपरासीमा हुने प्रदेश अधिवेशनलाई मध्यनजर गर्दै आजै परासीमा सचिवालय स्थापना गरिएको छ । मनमोहन स्मृति भवनमा स्थापना गरिएको प्रदेश अधिवेशन सचिवालयको राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका महासचिव पुरीले युवा संघको लुम्बिनी प्रदेश अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न हुने र नयाँ सन्देश प्रवाह हुने बताए । उनले अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गरे । 

मुलुकको समृद्धि नै अबको मूख्य लक्ष्य भएको बताउँदै महासचिव पुरीले राष्ट्रिय युवा संघ अब समृद्धिको अभियान लिएर नवयुवाको बीचमा जाने उल्लेख गरे । मुलुकलाई समृद्ध बनाउने सक्ने एकमात्र पार्टी एमाले रहेको बताउँदै महासचिव पुरीले युवा संघको अधिवेशन पश्चात एमालेलाई पहिलो पार्टी बनाउने अभियान अगाडि बढाउने बताए । उनले जनसरोकारका विषयलाई युवा संघले बुलन्द रुपमा उठाउँदै आएको दावी गरे ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको युवा संघ लुम्बिनी प्रदेश आयोजक कमिटी सह–संयोजक सुरज खरेलले बताए । उनका अनुसार ११३ सदस्यीय आयोजक कमिटीका स्वतः प्रतिनिधि हुनेछन् भने १०९ पालिका र जिल्ला कमिटीबाट २११ गरी ३२४ प्रतिनिधिसहित पर्यवेक्षक तथा अतिथि गरी ३५० जना बढीले अधिवेशनमा सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार