मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

राष्ट्रिय महिला मोर्चा रुपन्देहीद्वारा भैरहवामा विरोध सभा

Marchuwar Sandesh 1+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

भैरहवा । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा जिल्ला समिति, रुपन्देहीले आइतबार भैरहवामा विरोध तथा भण्डाफोर सभा गरेको छ । भैरहवास्थित मिलनचोकमा गरिएको सभामा नेताहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको दावी गरे ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीकी संघीय परिषद् सचिव गीता सारुले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायत उपलब्धीहरु सानो संघर्ष र बलिदानीले नभइ नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानीपछि प्राप्त भएको बताइन् । ‘मुलुकलाई पछाडी धकेल्न खोजिएको छ’उनले भनिन्–मुलुक प्रतिगमनतर्फ होइन, अग्रगमनतर्फ जानुपर्छ ।’

सचिव सारुले सत्ता चलाउनेहरुकै कारण अहिलेको परिस्थिति सिर्जना भएको दावी गरिन् । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लगे पनि सरकारमा रहेका दलहरुले जिम्मेवारीबाट हटाएको बताइन् ।त्यस्तै पार्टीका संघीय परिषद् सचिव तथा राष्ट्रिय मुस्लिम परिषदका महासचिव मोजीब अलीले नेपाली जनतामाथि निरंकुश शासन लाद्न खोजिएको बताए । चैत १५ गते काठमाडौंमा भएको गणतन्त्रविरुद्ध फैलाइएको आन्दोलनको हौवालाई राष्ट्रिय जनमुक्ति पार्टीले नाटकको संज्ञा दिएको बताए । राष्ट्रिय जनमुक्ति पार्टीले यो देशको नेतृत्व गरे नेपाली जनताले दुःख नपाउने र युवालाई विदेशिन बाध्य नपार्ने उनले दावी गरे। वर्तमान सरकारले जनतालाई परिवर्तनको आभास दिलाउन नसकेको सचिव अलीले आरोप लगाए ।

राष्ट्रिय महिला मोर्चाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष मधु रानाले महिलाहरु अब एकजुट भइ आफ्ना हकअधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपाली युवा शक्ति विदेश पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा मगर महासंघ केन्द्रीय अध्यक्ष छत्र दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा महासंघ केन्द्रीय उपाध्यक्ष सुन्दर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले चैत १५ गते काठमाडौंमा भएको घटनाको निष्पक्ष छानीबन र दोषीमागि कारवाही गर्न माग गरे ।

राष्ट्रिय महिला मोर्चा रुपन्देहीकी अध्यक्ष टीका आलेको अध्यक्षता तथा जनमुक्ति पार्टी तिलोत्तमा नगरपालिकाकी अध्यक्ष राधिका श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार