मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

ओमसतिया २ ले जित्यो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि

Marchuwar Sandesh 1+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

भैरहवा, २६ वैशाख । ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजनामा भएको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नम्बर २ ले वडा नम्बर ३ लाई २ ० को सेटमा हराउँदै उपाधि जितेको हो ।  

उपाधिका लागि पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोस्रो सेट १७–२५ अंकले जितेको हो ।  उपाधि जीतसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो ।

त्यसै गरी शुक्रबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टीमले गाउँपालिका टीमलाई हराउँदै नगद १५ हजार, ट्रफी र पदक प्राप्त गर्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुजा थारुले नगद रु. ५ हजार प्राप्त गरिन् । 

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मन्जित यादव (सोनु), उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रशासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले नगद, ट्रफी र पदक प्रदान गरे । हाटी फर्साटिकरस्थित गाउँपालिका भवनको प्रांगणमा रहेको भलिबल मैदानमा सम्पन्न खेलमा ७ वटा टीमको सहभागीता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार