मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कोटहीमाईमा सुरु भयो कित्ताकाट, आवश्यक कागजात हस्तन्तरण

Marchuwar Sandesh 1+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

मर्चवार न्युज

मर्चवार १४ मंसिर÷रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कित्ताकाट सुरु भएको छ । कित्ताकाटको लागि आवश्यक प्रकृया र कागजातहरु गाउँपालिकाले बिहिबार एक कार्यक्रमका बिच ईलाका मालपोत कार्यालय मझगावाँ र नापी कार्यालय मझगावाँलाई हस्तान्तरण गरेको हो ।

२०७९ साल जेठ देखि बन्द रहेको कित्ताकाटको आवश्यक प्रकृया तथा कागजातहरु शुक्रबार देखि काम हुनेगरी बिहिबार गाउँपालिकामा कागजातहरु हस्तान्तरण गरिएको  हो । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि ईलाका मालपोत कार्यालय मझगावाँका प्रमुख तिलक रावत र नापी कार्यालय मझगावाँका प्रमुख श्यामसुन्दर चौधरीलाई गाउँपालिकाका अध्यक्ष बालकृषण त्रिपाठीले हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष त्रिपाठीले गाउँपालिकामा आफ्नो क्षेत्राधिकारभित्रको जग्गा कृषि, व्यावसायिक र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी, खोला, ताल, सिमसार क्षेत्रतर्फ, सांस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछन् । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘ जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।’ अब आम नागरिकले सेवा पाउनुको साथै राजस्वमा पनि बृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बातए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार