मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लुम्बिनीमा ई–ड्राईभ संचालन हुदै

Marchuwar Sandesh 1+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

मर्चवार ३० चैत÷ लुम्बिनी प्रदेश लाइ लक्षित गरि राइड शेयरिङ एप ’ई–ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । ई–ड्राइभ लुम्बिनी र ई–ड्राइभ नेपालको सहकार्यमा बैशाख पहिलो साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ संचालनमा आउने भएको हो ।

भैरहवाका युवा राजकुमार गुप्ता सहितको टोलीले बिहिबार तिलोत्तामामा पत्रकार सम्मेलनको आयोजना गरि एपबारे जानकारी दिइएको छ । ई–ड्राइभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दोहोर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र मोटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने भएको छ ।

ई–ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको बताए । आफ्नो कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनले बताए। स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको अवसर दिने गरि सेवा सुरु गरिएको उनले बताए। मेक ईन नेपालको मुलभुत मुद्दालाई जोड दिएर ड्राईभर र पेसेन्जरलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए।

कार्यक्रममा ई–ड्राईभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले ईलेक्ट्रिक साधनमा जोड दिने गरि सेवा चलाएको बताए। नेपालमा दर्ता भएर आफुहरु चलेको हुदा पनि प्रक्रिया पुरा गरेर संचालन भएको हुदा वैधानिक रुपमा रहेको बताए। अनलाईभ ड्राईभ सुरक्षित हुने उनले तर्क दिदै यो सेवामा जोड दिन आग्रह गरे।

हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने बताए। पहिचान मिल्ने गरि सवारीमा स्टिकर, ज्याकेट समेत उपलब्ध गराइएको उनले बताए । अनलाईन सवारीमा दुर्घटनामा घाईते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैया बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको ब्यवस्था रहने उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार