मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कोटहीमाईमा कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य किट हस्तान्तरण

Marchuwar Sandesh 1+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

मर्चवार १८ चैत÷ रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मा अवस्थित मझगावँ स्वास्थ्य चौकीमा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार किट वितरण गरिएको छ । विगत दुई महिनादेखि सञ्चालन हुँदै आएको कुपोषण स्कृनिङ्ग कार्यक्रम अन्तर्गत मध्यम कुपोषित बालबालिका र शिघ्र कडा खालका कुपोषित बालबालिकालाई उक्त स्वास्थ्य किट हस्तान्तरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले बताइन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाई लगायत सरोकारवालाहरुको टोलीले गरेको अनुगमनको क्रममा कुपोषण चेकजाँच गराउन आएका बालबालिकाहरुलाई अवस्थाको आधारमा स्वास्थ्य किट बितरण गरिएको हो । 

रुपन्देहीको मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषणमार्फत जीवन रुपान्तरण’ कार्यक्रम मार्फत कुपोषण चेक जाँच भइरहेको संयोजक पुनले जानकारी दिएकी छिन् । ६ वटौ पालिकामा तोकिएको २ सय ५२ क्यम्प मध्ये २ सय १ क्यम्प १७ हजार ४ सय ९९ सय जनाको स्कृनिङ्ग भएको उनले बताइन् । छुटेको क्यम्पमा पनि १० दिन भित्र सकिने गरी चेकजाँच भइरहेको पुनले बताइन् ।

सेतो गुराँस बालविकासद्वारा सञ्चालन भएको छ जसलाई हेलन केलर इन्टरनेशनलले सहयोग गरिरहेको छ । पुनले भनिन्, ‘ पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’

छुटेका बालबालिकालाई घरमै गएर नापजाँच गर्ने पुनले बताइन । जिल्लाभरीको १७ हजार ४ य ९९ जनालाई चेकजाँच गर्दा १६ हजार २ सय २० जना बच्चा सामान्य अवस्थामा छन् भने १ हजार २ सय ८८ जना जोखिमको अवस्थामा छन् । ५८ जना बच्चा एकदमै कडा खालका छन् । मध्यम खालकालाई १५ दिनमा २ प्याकेट खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्यकर्मीको निगरानीमा र महिला स्वास्थ्यकर्मीको सहयोग खुवाइन्छ । ९३ जना बालबालिका निको भइसकेका छन्, ’उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै