मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कोटहीमाईको स्वास्थ्य शाखा प्रमुख यादवको निधन

Marchuwar Sandesh 1+ समाचार ( )
२० जेठ २०८२, सोमबार

मर्चवार । रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) रामनिवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार (आज) उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो । 

बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडीको सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि परिवारले यादवलाई थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएको थियो ।

उपचारको क्रममा आज दिउँसो २ बजे उहाँको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।

यादवको निधनप्रति शोक दुःख गर्दै गाउँपालिकाले जेठ २० गते मंगलबार (भोलि) शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक विदा दिइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार