मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मेडिकल कलेजमा राखिएकाे प्रेसर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज

Marchuwar Sandesh 1+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

भैरहवा । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेको अवश्थामा बिहान करिब साढे १० पुरानो प्रेसर कुक बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । “बम पुरानो र खिया लागेको अवश्थामा थियो, नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको छ ।” कार्कीले भने “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौं ।”

प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवश्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत शुसिल गुरुङ्गले जानकारी दिए । 

बमलाई भैरहवा स्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे सफलतापूर्वक डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार