मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै

Marchuwar Sandesh 1+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

मर्चवार । रुपन्देहीको भैरहवामा आगामी मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ को आयोजनामा हुनै भएको छ । महोत्सवको अवसरमा नेपालमै पहिलोपटक भियतनामबाट जलपरीको रुपमा प्रदर्शन गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकरी दिएको छ ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा हुने महोत्सव हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन मंगलबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले २०६६ सालमा प्रथम महोत्सवबाट सुरुवात गरी २०८२ मा आइपुग्दासम्म सातौं लुम्बिनी महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

‘नेपालमै पहिलोपटक भियतनामबाट जलपरीको रुपमा प्रदर्शन गरिनेछ, मेलाको टिकटदर पहिले भन्दा केही थप भए पनि जलपरी, फिस टनेल देखाइनेछ’ उहाँले भन्नुभयो ।

अध्यक्ष रोक्काले लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलको विकास गर्ने र लुम्बिनीलाई यस क्षेत्रको पर्यटकीय आर्थिक पर्यटनको रुपमा विकास गर्ने, परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी राष्ट्रिय, साना तथा घरेलु उद्योग र व्यापारको प्रोत्साहन स्वरुप प्रवद्र्धन गर्ने लगायत महोत्वको उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार यस वर्षको महोत्सवको आकर्षणमा फिस टनेल, जलपरी, आईफील टावर लगायत बालउद्यानको मनोरञ्जन, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालन हुने महोत्सवमा टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ । त्यस्तै विद्यार्थीका लागि ८० रुपैयाँ र समूहगत विद्यालय विद्यार्थीका लागि ५० रुपैयाँ लाग्ने अध्यक्ष रोक्काले जानकारी दिनुभयो ।

शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएका छन् । 

चेम्बर अफ कमर्स, रुपन्देहीको महासचिव लक्ष्मी अधिकारीले संस्थामा दर्ता रही नविकरण भएका सम्पूर्ण साधारण सदस्य एवं आजीवन सदस्यहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको बताउनुभयो । सदस्यताको कार्ड नभएका सदस्यहरुलाई कार्यालयमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभयो । 

महासचिव अधिकारीका अनुसार महोत्सवमा २५० वटा स्टल रहनेछन् । करिब ३ लाख ५० हजारले अवलोकन गर्न महोत्सव सञ्चालन गर्न करिब १ करोड ३२ लाख खर्च हुने आयोजकले जनाएका छन् ।

महोत्सव सञ्चालनका लागि ३५ सदस्यीय मूल आयोजक, २५ सदस्यीय विशेष सल्लाहकार र १५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

महोत्सवको प्रवद्र्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश र सह–प्रायोजकमा एस.आर. स्टील एण्ड एस.आर. फुड्स प्रा.लि. रहेको चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार