मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

चर्चित लोक तथा दोहोरी गीत गायिका/मोडल ज्योति मगर घरजोईंको खोजीमा

Marchuwar Sandesh 1+ समाचार ( )
मगरात खबर/ मनोरंजन
१७ माघ २०७८, सोमबार

काठमाडौं  ''……चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् । काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् ।

अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् ।

पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ । शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ । उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार