मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |
मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |


मुस्लिम धर्मावलम्बीले मनाउने कुर्बानी (ईदुल–अदहा)

Marchuwar Sandesh 1+ समाचार ( )
४ आश्विन २०८१, सोमबार

असलम खान

मर्चवार ३ असार/ नेपालमा विभिन्न जातजाति, भाषा संस्कृति र धर्मावलम्बीहरूको बसोबास छ । करिब तीन करोड भन्द बरी नेपालीहरूले आ–आफ्नो धर्म सम्प्रदाय र रितिरिवाज बमोजिम विभिन्न संस्कृति र चाडपर्व मनाउने गर्छन । नेपालमा चाडपर्व, सबैजाति रितिरिवाज, संस्कृति र  नभएको १ महिना रोजा बस्छन् रोजा सिद्धेपछि ७० दिन मा (भर्खर ईद) यी दुल–अजहा मनाइन्छ ।

नेपालमा मनाइने अनेकन चाड पर्वमध्ये इस्लाम धर्मावलम्बी हरूकोे महान पर्व बकर इद (इदुल अज्हा) पनि एक हो । यो पर्व तीन दिन मनाइने गरिन्छ । यस वर्ष नेपालमा यो पर्व  गरी तीन दिन मनाइदैछ ।

नेपाललगायत विश्वभरिका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकरइदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

इस्लामी क्यालेण्डर अनुसार १४३५ हिजरी (साल) को अन्तिम  दिन यो पर्व विश्वभरि मनाउने चलन छ । यस पर्वको इतिहासलाई केलाउँदा बडो अनौठो लाग्छ । इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिम लाई सपनामा अल्लाहले आफ्नो सबभन्दा प्यारो चिजलाई अल्लाहको नाममा बलिदान गर्ने आदेश दिनुभयो ।

अल्लाहको आदेशलाई स्वीकार्दै हजरतले संसारका सबै भन्दा प्यारो चीज आफ्नो छोरा इस्माइल अलैया हिस्सलामलाई बलि दिने निर्णय गर्नुभयो । बलि दिने निर्णयमा छोरा सहमत हुदैन भन्ने डरले हजरतले यो कुरा आफ्नो छोरोलाई बताउनु भएन । छोरोलाई बलि दिनका लागि गाउँ बाहिर लैजाने क्रममा अदृश्य आवाजले छोरो इस्माइललाई ‘तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा बलि दिन लैजादैछ’ भन्ने जानकारी दिए । त्यसपछि छोराले ‘अल्लाहको नाममा बलि चढ्नुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई बलि दिने निर्णय गरेर तपाईले ठीक गर्नुभयो’ भन्दै बुबा हजरतलाई भने । ‘मलाई बलि दिने क्रममा तपाईको हात न कापोस्, त्यसका लागि तपाईले त्यसबेला आँखामा पट्टी बाँध्नुहोला’ छोरा इस्माइलले बुबा हजरतलाई फेरि भने। कुरानअनुसार हजरतले छोराको घाँटीमाथि जुन बेला चक्कु चलाए त्यसबेला मानिसको सट्टा बाख्राको आवाज सुनियो । छोरा इस्माइल केही पर सकुशल मुस्काउँदै खडा थिए । सोही दिनको सम्झनामा विश्वभरिक इस्लाम धर्मावलम्बी हरूले बकर इद मनाउने गरेको भनिन्छ । खसीको बलि दिई मनाइने यो पर्वमा बलि दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्छ भन्ने विश्वास छ । कुरानअनुसार यस पर्वमा स्वस्थ्य चौपायाको कुर्वानी दिनुपर्छ । इस्लामिक मुलुकहरूमा जति ठूलो चौपायाको कुर्वानी दिने त्यति नै बढी धर्म हुने विश्वास भए पनि नेपालमा खासगरी खसी, बोकाको नै बलि दिइने गरिन्छ । यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाहरूले एक दिन मात्र बलि दिने गर्दै आएका छन् ।

यस पर्वमा हाँस, कुखुरालगायत साना पशुपक्षीको बलि दिइँदैन । कुर्वानीका लागि उपयुक्त मानिने पशुपक्षी स्वस्थ्य हुनुपर्छ । कुर्वानी दिइने पशुको सिङ, कान र पुच्छर काटेको हुनुहुँदैन । ठूला पशुमा सातजना मिलेर र खसी र बाख्रामा एकजनाले कुर्वानी दिनुपर्ने नियम रहेको छ । कुरानअनुसार कुर्वानीको मासुलाई तीन भागमा बाँड्नुपर्छ । यसमध्ये एउटा भाग आफ्नो घरमा राखिन्छ । दोस्रो र तेस्रो भाग क्रमश मस्जिदमा पठाइन्छ र आफन्त कहाँ बाँडिन्छ । भनिन्छ, हजरतले मक्का मा विजय हासिल गरेपछि कुर्वानीलाई व्यवस्थित गरिएको हो । बलिदानीका दिन बिहानै उठी नित्य कार्य सकेर गाउँबाट पर खुला मैदानमा गई नवाज (एक किसिमको प्रार्थना) पढ्नु पर्छ । त्यसपछि घर फर्कि बलि दिइने गरिन्छ । आर्थिक अवस्थाका कारण बलि दिन नसक्नेहरूको घरमा पनि भन्ने उद्देश्यलेजसले कुरबानी गर्न नसकेपछि आर्थिक स्थिति कमजोर भएको व्यक्तिलाई जसको घरमा कुरबानी हुन्छ त्यो व्यक्तिले को घरमा कुरबानी गरेको मा पुर्याउने चलन छ बलिको मासुतीन दिनसम्म बलि दिनेहरू कहाँ पहिलो बलि घरमुलीको नामबाट दिइन्छ भने बाँकी बलि परिवारका अन्य सदस्यको नामबाट दिइने चलन रहेको छ । जसको नामबाट बलि दिइन्छ त्यो व्यक्तिले बलि सम्बन्धि सम्पूर्ण कामको समापन नभएसम्म कुनै प्रकारका अन्न जल ग्रहण गर्नु हुँदैन भन्ने मान्यता छ । जसको नामले बलि दिइन्छ त्यो व्यक्तिले बलिको मासु प्रसादको रूपमा ग्रहण गरिसकेपछि मात्र बलिदान सम्पन्न र सफल भएको मानिन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार