मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

देशभरका स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने : शिक्षामन्त्री

Marchuwar Sandesh 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन् ।

विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उनले बताए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खानेभन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताए ।

उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागि जोड दिएका छौँ, शिक्षक, अभिभावक, विद्यार्थी र सरोकार निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय ‘मर्ज’ गरेर अघि बढ्नुस्, पूर्वाधारका लागि हामी तयार छौँ ।’

मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागी विद्यालय सुधारमै केन्द्रित हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरे । आगामी तीन वर्षभित्र सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवनलगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिए ।

सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै सबैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताए ।

प्रतिक्रिया

njn khanal ४ फाल्गुन २०७९, बिहीबार

test

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार