मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहर हो : उपप्रमुख वरुण

Marchuwar Sandesh 1+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

मर्चवार ८ कार्तिक । मर्चवार आदर्श बहुमुखी क्याम्पसको ७औँ वार्षिक साधारण सम्पन्न भएको छ । कोटहीमाई ५ मझगावाँ स्थित उक्त क्याम्पसले बिहिबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०८०÷०८१ को खर्च आमदानी सहित गरिएको विभिन्न गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा रुपन्देही जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीले मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारको शैक्षिक धरोहरको रुपमा रहेको बताए । मर्चवार क्षेत्रका विद्यार्थीहरुले गाउँघर क्षेत्रमा उच्च शिक्षा हासिलको लागि पहिलो बहुमुखी क्याम्पसको रुपमा स्थापना भएको भन्दै यसलाई संरक्षण गर्न सबैलाई आग्रह गरेका थिए । उनले भने ‘अन्य लक्षित कार्यक्रम जस्तो होइन मर्चवार आदर्श बहुमुखी क्याम्पसले प्रभावकारी रुपले शैक्षिक कार्यक्रम संचालन गर्नुपर्दछ । सामुदायिक विद्यालय तर्फ आम नागरिकको विश्वसा कम हुदै गइरहेको छ । यसलाई शिक्षक, ब्यवस्थापन समिति तथा अभिभावक सबैले सहकार्य गरी जोगाउनु पर्दछ ।’

कार्यक्रमको अध्यक्षता समेत गरेका कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मर्चवार आदर्श बहुमुखी क्याम्पस प्रगति तर्फ बढीरहेको बताए । स्थापना कालदेखि हरेक दिन ब्यवस्थापन तथा शैक्षिक गुणस्तरमा जोड दिएको भन्दै मर्चवार आदर्श बहुमुखी क्याम्पस मर्चवारमा शैक्षिक क्रान्ती ल्याएको बताए । मर्चवारमा बहुमुखी क्यम्पस नहुँदा मर्चवारका विभिन्न छोरीहरु उच्च शिक्षाबाट बन्चित भएकी अध्यक्ष त्रिपाठीले बताए । क्याम्पस संचालन पछि गरीब, मध्यम तथा उच्च वर्ग र छोरीहरु सहज वातावरणमा उच्च शिक्षा हासिल गरिरहेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । 

क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्यम्पस प्रमुख रामकेश पालले वि.सं. २०६७ सालमा स्थापना भएको उक्त क्याम्पसले विभिन्न चुनौतीहरुको सामना गर्दै आएको बताए । यस वर्ष उक्त क्याम्पसमा ३ सय ९२ विद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पस प्रमुख पालले बताए । उनले भने ‘विद्यार्थीहरुलाई अध्यापनको लागि कक्षा कोठा पर्याप्त भएपनि अन्य आवश्यक भवन तथा ब्यवास्थापन तथा संचालन खर्चको निकै अभाव रहेको छ । क्याम्पस संचालनको लागि भवन भएर मात्र हुदैन त्यसलाई संचालन गर्न शिक्षकको तलब, पुस्तकालय, मसलन्द, फर्निचर, विद्युतीय उपरकण, प्रयोगात्मक शिक्षण सामाग्री लगायत विभिन्न कुराको ब्यवस्थापन गर्न अति जरुरी हुन्छ ।’ 

क्याम्पस ब्यवस्थित तरिकाले संचालन गर्नको सुझावहरु दिदै उक्त सभामा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, कोेटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, प्रकोप ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगरनाथ प्रसाद कुर्मी लगायत विभिन्न ब्यक्तिहरुले मनतब्य राखेका थिए भने उक्त कार्यक्रमलाई क्याम्पसका शिक्षक महेश गुप्ताले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार