मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

जीवत रहेसम्म मर्चवारीका अकबरलाई कैद

Marchuwar Sandesh 1+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

मर्चवार । मर्चवारी–१, खुरखुरियाका अकबर अलि भनिने अहमद अली दर्जीलाई जिल्ला अदालतले जिवित रहेसम्म कैद हुने फैसला सुनाएको छ । नाबालिकालाई जबरजस्तीकरणी पश्चात् हत्या गरेको अभियोगमा उनलाई  रुपन्देही जिल्ला अदालतले जिवित रहुन्जेल कैद हुने फैसला गरेको हो । 

८ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोग पुष्टि भएपछि असार २९ गते जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलाशले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको सूचना अधिकारी पदम अर्यालले बताए । उनका अनुसार प्रतिवादी अकबर अलि भनिने दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३ क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरि दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाय हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्तीकरणी गरी हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जिवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो ।

अदालतबाट भएको फैसलामा पीडित परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन समेत भनिएको छ । सूचना अधिकारी अर्यालका अनुसार २०८० पुस १३ गते दर्जीले बालिकालाई जबरजस्तीकरणी हत्या गरेर स्थानीय नालीमा फालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाक्रम अनुसार विद्यालयबाट फर्किरहेकी बालिकालाई दर्जीले बाटोमा एक्लै भेटेपछि बालिकाका बुवाले खेतमा पानी लगाउँदै गरेकाले त्यही पुर्याइदिन्छु भनेर फकाएको जनाइएको छ । फकाई फुल्याई गरेपछि दर्जीले बालिकालाई बुवा भएको ठाउँमा नलगेर एकान्त स्थलमा पुर्याएर मदिरा सेवन गरी बलात्कार गरी हत्या गरेको फैसलामा उल्लेख छ ।

मुद्दाको विवरण अनुसार दर्जीले बालिकालाई साइकलमा चढाएर लगेको स्थानीयले देखेका थिए । बालिका लगेको देख्ने व्यक्तिले केराकार गरेपछि पनि दर्जीले केही खुलाएका थिएनन् । घटना जानकारी भएर प्रहरी पुगेपछि भने दर्जीले नै बालिकाको हत्या गरेर फालेको ठाउँ देखाएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै