मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारको विद्युत समस्यामा सुधार ल्याउन महदेइया सबस्टेशनको निर्माणमा तिब्रता

Marchuwar Sandesh 1+ समाचार ( )
१४ माघ २०८१, सोमबार

मर्चवार । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीनवटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको महदेइया सबस्टेशनको निर्माणकार्य पूरा भएपछि क्षेत्रका विद्युत समस्यामा स्थायी सुधार आउने प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण योजना शाखाका ईन्जिनियर जगदीशराज बरालका अनुसार, सबस्टेशनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भएको छ । परियोजनाको सबै काम एक वर्षभित्र पूरा हुनेगरी तीब्र गतिमा कार्य भइरहेको ई.बरालले बताए ।

निर्माणका लागि इथोस पावर एसआईपीएस जेभीसँग २०७९ सालको फागुन महिनामा सम्झौता भएको थियो । उनले भने, “यद्दपि सो म्याद अब केही दिनमै सकिदैछ, तर पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरागरि सबस्टेशनलाई सञ्चालनमा ल्याउने योजनामा हामी छौँ ।’’

“साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा ढिलाई भएको हो’’ ई. बरालले भने, “अब अधिकांश सामग्री व्यवस्थापन भइसकेको छ र काम तीव्र गतिमा अघि बढिरहेको छ ।’’

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाई भएकाले निर्माण कार्य समयमै पूरा हुन नसकेको बताए । उनले थपे, “डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले दैनिक रुपमा तीव्र गतिमा काम गरिरहेको छ । हालसम्म ८ सय ५० विद्युतीय पोलको जडान सम्पन्न गरिसकिएको छ ।’’ 

योजना प्रबन्धक सिंहलेले भने, “अब केही दिनमा पोलमा तार तान्ने काम गरिनेछ । तारपोल व्यवस्थापन पछि ट्रान्सफार्मरको व्यवस्था गरि लो भोल्टेज र विद्युत कटौतीको समस्या छिट्टै समाधान हुनेछ ।’’

मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका क्षेत्रमा विद्युत आपूर्तिको समस्या बिकराल छ । बत्ती बारम्बार जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधिहरू प्रभावित हुनेगरेको सम्मरीमाई गाउँपालिका वडा नं.७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, “मर्चवार जस्तो समृद्धिको सम्भावना राख्ने क्षेत्रका लागि विद्युतको नयाँ संरचना निर्माण र विस्तारका लागि आवश्यक कामहरू ढिलो हुँदै आएका छन् ।’’

महदेइयाँमा विद्युत सबस्टेशनको निर्माणपछि मर्चवार क्षेत्रमा विकासको नयाँ अध्याय शुरु हुने प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए । विद्युतको समस्या क्षेत्रकै प्रमुख समस्यामध्ये एक रहेको उल्लेख गर्दै उनले भने, “यहाँ लो भोल्टेज र अनियमित बिद्युत कटौतीको समस्या छ । जसको सामना म सहित हरेक मर्चवारवासीले गर्नुपरेको छ । ’’ प्रदेश सभा सदस्य बनियाले भने ‘यो सब स्टेशन निर्माण पछि मर्चवार क्षेत्रको हरेक गाउँमा हुने विद्युतको समस्या अन्त्य हुन्छ । मलाई जनताले निर्वाचित गराएदेखि नै यो प्रोजेक्टको लागि विभिन्न निकाय सहित नेपाल विद्युत प्राधिकारणका निर्देशक कुलमान घिसिङ्गसंग पनि विभिन्न चरणमा भेटेर मर्चवारको विद्युत समस्या हल गर्न लागेको छु । यो विद्युत सबस्टेशन छिटो निर्माण कार्य सम्पन्न गराउन निरन्तर पहल गरिहेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार