मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवार र लुम्बिनी जोडने पक्की पुल निर्माण हुदै

Marchuwar Sandesh 1+ समाचार ( )
५ अशोज २०८१, शनिबार

मर्चवार ५ असोज । मर्चवार र लुम्बिनी क्षेत्र जोडनका लागि पक्की पुल निर्माण हुने भएको छ । सम्मरीमाई गाउँपालिका वडा नं. ५ र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ लाई जोडने तिनाउ नदीको चक्किया घाटमा पक्की पुल निर्माण हुने भएको हो । 

लुम्बिनी प्रदेश सरकारले करीब ४० करोडको लागतमा निर्माण गर्न गइरहेको पक्की पुलको लागि प्रदेश सभा सदस्य कन्हैया बनिया र स्थानीय जनप्रतिनिहरु स्थलगत निरीक्षण गरेका हुन् । पुल निर्माणपछि फराकिलो बाटो लगायत पुललाई आवश्यक सहायक संरचना निर्माणबारे स्थानीयहरुको सहमतिका लागि छलफल गरिएको प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए । उनले भने ‘बहुवर्षीय योजनाको पुल निर्माणका लागि यस वर्ष २ करोड बजेट बिनियोजन गरिएको छ । केही दिन भित्र यस योजनाको ठेक्का हुनेछ । यसै आर्थिक वर्षमा उक्त पुलको निर्माण कार्य अगाडी बढाइने छ । मेरो निर्वाचन क्षेत्रको गौरवको योजनाको रुपमा उक्त पुल निर्माण गर्न प्रक्रिया अगाडी बढाइएको छ ।’ मर्चवार र लुम्बिनी क्षेत्रलाई जोडने उक्त पुल निर्माण गारउन आफ्नो चुनावी वाचा रहेको प्रदेश सभा सदस्य बनियाले बताए । 

चक्कीयामा पक्की पुल निर्माणले मर्चवार र लुम्बिनी क्षेत्र एउटै क्षेत्रमा चिनिने लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं १२ का वडाध्यक्ष हरिकेश लोधले बताए । उनले भने ‘लुम्बिनी क्षेत्रको ३ वडा र मर्चवार क्षेत्रको २ पालिका प्रदेश निर्वाचन क्षेत्र एउटै भए पनि तिनाउ नदीले बिभाजन गरेको अनुभुति भइरहेको थियो तर यो पुल निर्माण पछि लुम्बिनीको पर्यटक मर्चवार क्षेत्रमा आउने र मर्चवार क्षेत्रको कृषि  उत्पादन लुम्बिनी क्षेत्रमा सहज रुपले पुग्ने छ ।’

सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादवले पुल निर्माण पछि २५ किलोमिटरको लामो दुरीको बाध्यातमक यात्रा अन्त्य हुने बताए । सम्मरीमाई गाउँपालिकावासीहरुले सावारी साधान लिएर कोटहीमाई ५ दुईमोहान भएर जाने बाध्यता रहेको थियो तर पुल निर्माण पछि १० मिनट मै लुम्बिनी क्षेत्रमा प्रवेश गरी सहज रुपले आफ्नो गनतब्यमा पुग्ने बताए । 

प्रतिक्रिया

राम सेवक लाेध ६ अशोज २०८१, आइतबार

यौ पुल आजमा र थुम्वामा जोड़ेंको भए अझै सुखाउँदा र नेक काम हुन्थ्यो, त्यहक पुल सञ्चालन खासै छैन, किन चककियको भन्दा आजमा घाट फेमस मात्र होइन, मान्छे को आवतजात निकै मात्रमा देखना सकिन्छ

अखलेश माझी ५ अशोज २०८१, शनिबार

धेरै राम्रो काम भैराहेको छह। धनेयाबाद कनहिया बनिया जी।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार