मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन चिन्ह वितरण

Marchuwar Sandesh 1+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

मर्चवार । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह वितरण गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज माघ ९ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत विष्टका अनुसार राजनीतिक दलका उम्मेदवारहरूलाई पूर्वनिर्धारित निर्वाचन चिन्ह प्रदान गरिएको हो भने स्वतन्त्र उम्मेदवारहरूलाई उपलब्ध चिन्हहरूमध्ये स्वेच्छाअनुसार चिन्ह छनोट गर्न दिइएको थियो ।

माघ ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूबारे आवश्यक छानबिन तथा प्रक्रिया पूरा गरी शुक्रबार दिउँसो ३ बजे अन्तिम नामावली प्रकाशित गरिएको र त्यसपछि उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन चिन्ह वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त निर्वाचन क्षेत्रमा १५ वटा राजनीतिक दल र ७ जना स्वतन्त्र गरी कुल २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सबै उम्मेदवारी सदर भई निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार