मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

सिद्धार्थनगरमा छाडा चौपायाको नियन्त्रणका लागि ७ हजार जरिवाना

Marchuwar Sandesh 1+ समाचार ( )
१० माघ २०८१, बिहीबार

मर्चवार । सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायाको समस्या नियन्त्रण गर्नका लागि सात हजार रुपैयाँ जरिवाना शुल्क निर्धारण गरेको छ । छाडा गाईगोरुका कारण उत्पन्न समस्यालाई समाधान गर्न नगरपालिकाले गत हप्तादेखि विशेष अभियान चलाएको हो ।

नगरपालिकाका प्रवक्ता तथा अभियानका संयोजक भोला यादवका अनुसार, यो निर्णय नगरमा छाडा गाईवस्तुहरूको समस्यालाई नियन्त्रणगर्ने उद्देश्यले गरिएको हो । गत हप्तादेखि नगरपालिकाले शुरू गरेको यस अभियान अन्तर्गत अहिले सम्म ७८ वटा छाडा गाई गोरुको व्यवस्थापन भइसकेको छ । 

संयोजक यादवका अनुसार, “छाडा चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिंग सेन्टरमा राखिन्छ । कसैले आफ्नो भनी दाबी गर्न आएमा ७ हजार रुपैयाँ जरिवाना तिरेर जिम्मा लिने व्यवस्था छ । यदि दाबी नगर्ने हो भने, त्यहाँबाट कपिलवस्तुको बाणंगगास्थित गौशालामा लगेर व्यवस्थापन गरिन्छ ।”

“छाडा गाईगोरुका कारण नगरमा सडक दुर्घटनाको जोखिम र कृषि उत्पादनमा क्षति पुगिरहेकोले नगरपालिकाले यो अभियान थालेको हो”, नगर प्रमुख इस्तियाक अमद खाँनले भने, “सडकमा छाडा पशु चौपाया हिड्दा त्यसले निम्त्याइरहेको सुरक्षा खतरालाइ घटाउने प्रयासमा हामी लागेका छौ ।”

गाईलाई केही दिनमै माउसँग छुट्याएर बजारमा छाड्ने र दूध दिन छाडेपछि गाईलाई घरबाट बाहिर पठाउने प्रचलनका कारण बर्सेनि यो समस्या दोहोरिँदै आएको छ । नगर प्रमुख खाँनका अनुसार आगामी दिनहरूमा पनि यो अभियान निरन्तर जारी रहने छ । उनले भने, “छाडा चौपायाको नियन्त्रण नगरकालागी सबैभन्दा ठूलो चुनौती हो तर यसको समाधान गर्न सिद्धार्थनगर नगरपालिका कटिबद्ध छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै