मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

क्षेत्रीय सभापतिहरुको दुईदिने राष्ट्रिय प्रशिक्षण हुने

Marchuwar Sandesh 1+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

भैरहवा, ९ भदौ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको २२ औं नियमित बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा आगामी कार्तिक ३० देखि मंसिर १ गतेसम्म कांग्रेस रूपन्देही–३ ले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को समन्वयमा ‘प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको दुईदिने प्रथम राष्ट्रिय प्रशिक्षण कार्यक्रम’ को तयारी सम्बन्धि विभिन्न छलफल गरेको छ ।

बैठकमा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले यो राष्ट्रिय प्रशिक्षण कार्यक्रम रुपन्देही जिल्लाको लागि महत्वपूर्ण अवसर रहेकाले मिलेर यसलाई सफल बनाउनुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका रज्जाकले यो कार्यक्रमले देशैभरीका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउने बताए ।  यसले यस क्षेत्रको आन्तरिक पर्यटनको विकास र शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवालाई चिनाउन मद्दत पुग्ने धारणा राखे ।

बैठकमा कांग्रेस केन्द्रिय सदस्य गंगा शाही, रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँ, जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष प्रियंका कुमारी सिंह, सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारु, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, क्षेत्रीय सचिव भवानी शर्मा, कोषाध्यक्ष कृष्ण खनाल, सह–सचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागीता रहेको थियो । 

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङ्गको सभापतित्वमा भएको बैठकमा तिलोत्तमाका नगरपालिका नेपालभरीमा आर्थिक वर्ष २०७९÷०८० मा नेपाल सरकारको स्थानीय तह मूल्यांकनमा दोस्रो भएकोमा जिल्ला सभापति तथा तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले खादा लगाएर सम्मान गरेका थिए ।

क्षेत्रीय उपसभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार